ट्रेन्डिङ

दिल भूषण पाठकलाई तत्काल धरपकड नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

वीरगन्ज । उच्च अदालत पाटनले रिट निवेदनको सुनुवाइ गर्दै पत्रकार दिल भूषण पाठकलाई कानूनबमोजिम बाहेक तत्काल धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ऋषि राजभण्डारीको इजलासले सुनुवाइ गर्दै उक्त आदेश दिएको हो। पाठकले दायर गरेको निषेधाज्ञाको रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै पक्षलाई छलफलमा सहभागी गराई अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्न उपयुक्त हुने भन्दै असार ५ गतेलाई छलफलको मिति तोकेको छ।

निवेदक दिल भूषण पाठकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, दिनेश त्रिपाठी र डा. भीमार्जुन आचार्य तथा अधिवक्ताहरू ओमप्रसाद अर्याल, सन्तोष बाबु सिग्देल, गोकुल भण्डारी, कुलराज लामिछाने, गोकुल न्यौपाने र दिवाकर पुरीले बहस गरेका थिए।

अदालतले निवेदन र मिसिल अध्ययनपछि विपक्षीहरू (गृह मन्त्रालयसमेत) लाई ‘के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सवुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत लिखित जवाफ पेश गर्नू’ भनी आदेश दिएको छ। साथै, आदेश र निवेदनको प्रतिलिपि समेत विपक्षीहरूलाई पठाउन भनिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै