ट्रेन्डिङ

वीरगन्जमा अवैध गोदाममा सशस्त्र प्रहरीको छापाः २२ लाख बढीको लत्ताकपडा बरामद

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–६, रेशमकोटीस्थित एक घरमा लुकाइछिपाइ राखेको करिब २२ लाख ७१ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।

भारतबाट अवैध रूपमा ल्याई गोदाम गरी राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र भन्सार कार्यालयको संयुक्त टोलीले असार १ गते आइतबार साँझ छापा मारेको थियो।

छापा मार्ने क्रममा ठूलो मात्रामा फेन्सी कपडाहरू फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। बरामद गरिएका सबै लत्ताकपडा आवश्यक कारबाहीका लागि आज वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै