ट्रेन्डिङ

जिराभवानीमा अवैध गोलिया काठसहित फर्निचर व्यवसायी पक्राउ, छुटाउन आर्थिक चलखेलको आशंका

फाइल तस्बिर

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका-१, बसन्तपुर पोष्टबाट गत जेठ २८ गते (सोमबार) पाँच गोलिया बिना इजाजतको काठसहित एक फर्निचर व्यवसायीलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाका मुकेश साह रहेको प्रहरीले जनाएको छ। अवैध रूपमा काठ ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। घटनापश्चात मुकेश साहलाई छुटाउन आर्थिक चलखेल भइरहेको स्रोतले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला वन कार्यालय पर्साले अनुसन्धान सुरु गरेको छ। जिल्ला वन कार्यालय पर्साका वन अधिकृत (डीएफओ) मन्जुर अहमदले हाल घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि मात्रै यस विषयमा थप जानकारी दिन सकिने बताएका छन्। उनले अनुसन्धान जारी रहेकाले अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै