रौतहट । जिल्लाको गरुडा नगरपालिका–१, जयनगर टोलमा आज बिहान चट्याङ लागेर ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायका अनुसार, बिहानै चट्याङले लागेर गम्भीर घाइते भएका बनियालाई तत्काल गौरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको हो।
नेपालमा मनसुन सक्रिय भएसँगै चट्याङ पर्ने घटनामा वृद्धि भएको छ।