ट्रेन्डिङ

बारामा करिब ४० लाखको एयरपोड र टेम्परग्लास बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराले भारतबाट नेपालमा अवैध रूपमा भित्र्याइँदै गरेको करिब ४० लाख रुपैयाँ बराबरको ठूलो परिमाणमा इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ।

शनिबार बिहान बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ डम्पिङ साइटस्थित बाटोबाट साइकलमा लोड गरी ल्याउँदै गर्दा उक्त सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज बिष्टको कमान्डमा खटिएको टोलीले बिहान करिब साढे ५ बजेको समयमा शंकास्पद रूपमा साइकलमा सामान ल्याउँदै गरेको एक व्यक्तिलाई रोक्ने प्रयास गरेको थियो। तर, प्रहरीलाई देख्नेबित्तिकै उक्त भरिया साइकल छाडेर फरार भएको थियो। यसबाट शंका बढेपछि प्रहरीले साइकलमाथि थप जाँच गर्दा अवैध सामग्री फेला परेको हो।

बरामद गरिएका सामग्रीहरूमा विभिन्न ब्राण्डेड कम्पनीका ९५ थान एयरपोड प्रो र १६० थान टेम्परग्लास रहेका छन्। यी सामग्रीहरूको कुल बजार मूल्य करिब ३९ लाख ९२ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति खुमबहादुर के।सी।ले जानकारी दिए।

गणपति के.सी.का अनुसार, भारतबाट हुने यस्ता अवैध आयात नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी बढाएको छ र कडाइका साथ जाँच गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै