ट्रेन्डिङ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार १५ गते बस्ने

वीरगन्ज । नेपाली कांग्रेसले आगामी असार १५ गते (शनिबार) केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक आह्वान गरेको छ।

मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा गहन छलफल गर्ने उद्देश्यले यो बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्य सचिव पौडेलका अनुसार, बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। पार्टीको भावी रणनीति तय गर्न र वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्न बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

यस बैठकमा विशेषगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम, सरकारको कार्यशैलीको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टी संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै