ट्रेन्डिङ

न्यायाधीशमाथि मोसो छ्याप्नेको रिहाइ माग्दै काठमाडौँमा प्रदर्शन, ७ जना पक्राउ

वीरगन्ज । उच्च अदालतका न्यायाधीशमाथि मोसो छ्याप्नेहरुलाई रिहा गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली कांग्रेसका पूर्व सांसद आफताब आलमलाई रिहा गर्ने फैसलासँग जोडिएको यस घटनाक्रममा, नेकपा बहुमतका कार्यकर्ताहरूले आज दिउँसो प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, प्रदर्शनमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध सर्जन पाण्डे, हरि विष्ट, उषाकिरण कामी, सक्षम विक, झलक विक र सर्जन कामी रहेका छन्।

यो प्रदर्शन हिजो बिहीबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जकाका न्यायाधीश डा. खुसीराम थारुमाथि नेकपा बहुमतका कार्यकर्ताले मोसो छ्यापेको घटनासँग सम्बन्धित छ। न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको संयुक्त इजलासले पूर्व सांसद आफताब आलमलाई रिहा गर्ने फैसला सुनाएको थियो।

न्यायाधीश थारुमाथि मोसो प्रहार गरेको आरोपमा प्रहरीले यसअघि नै तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ का ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै