ट्रेन्डिङ

पर्सामा भन्सार छलीका १८ थान टायरसहित ट्याक्टर नियन्त्रणमा

वीरगन्ज । पर्साको परवानीपुरमा भन्सार छली गरी ल्याइएका १८ थान बस र ट्रकका टायरसहित ट्याक्टर नियन्त्रणमा लिइएको छ।

प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको नियमित चेकिङ टोलीले हिजो राति ९ः४० बजे वीरगन्ज महानगरपालिका वडा नं. २१ परवानीपुरस्थित सडकखण्डबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा ना.६ त ९१७३ नम्बरको टेलारी र ना.६ त ४१२९ नम्बरको ट्याक्टरमा लोड गरिएका १८ थान टायरहरूका भन्सार प्रज्ञापनपत्र तथा आवश्यक कागजातहरू नभेटिएपछि प्रहरीले उक्त ट्याक्टर र त्यसमा लोड रहेका टायरहरू नियन्त्रणमा लिएको छ। बरामद गरिएका ट्याक्टर र टायरहरूको कुल मूल्य १३ लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै