वीरगन्ज । पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियकारको बुहारी तीनवटा कसुरमा पक्राउ परेकी छन् ।
पर्सा प्रहरीमा दर्ता रहेको मुद्दामा प्रहरीले श्रुती रौनियारलाई पक्राउ गरेको हो ।
दुइ महिना अगाडि पर्सा प्रहरीमा उनीविरुद्ध तीनवटा कसुर अन्तर्गत जाहेरी परेको थियो । सोही जाहेरी बमोजिम प्रहरीले गएको २२ चैतमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले दर्ता रहेको तीनवटा कसुरमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रौनियारलाई अपराध महाशाखाको टोलीले आज उनलाई काठमाडौंबाट पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार पक्राउ परेकी रौनियारलाई आजै पर्सा प्रहरीको हिरासतमा ल्याउने काम भइरहेको छ । पक्राउ परेकी रौनियारले ४ करोड ३२ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा लेखिएको छ ।
सोही अनुसार उनीविरुद्ध ठगी, अपराधिक विश्वासघात र बैकिङ्ग कसुरका गरी तीनवटा मुद्दा दर्ता रहेको प्रहरीले जानकारी दिएको छ । धनुषा उपमहानगरपालिका वडा नम्बर–१ स्थितको रमण÷विकास ब्रदर्स जेविको जाहेरीमा उनलाइ पक्राउ गरिएको हो ।