ट्रेन्डिङ

एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली मोडलको समाजवाद : ईश्वर पोखरेल

वीरगन्ज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा नेपाली मोडलको समाजवाद भएको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा शनिबार बोल्दै पोखरेलले एमाले देशमा समाजवाद स्थापनाको स्पष्ट लक्ष्यका साथ अघि बढेको बताए । उनले यस नेपाली मोडलको समाजवाद निर्माणका लागि बौद्धिक समुदायले नीति, योजना, कार्यक्रम र आचरण निर्माणमा खोजमूलक भूमिका खेल्नुपर्नेमा जोड दिए । पोखरेलले एमालेलाई अघि बढाउन बुद्धिजीवीहरूलाई प्रभावकारी भूमिका खेलिदिन आग्रह समेत गरे ।

पार्टीको लोकतान्त्रिक अभ्यासको चर्चा गर्दै पोखरेलले एमालेभित्र र बाहिर दुवैतर्फ लोकतान्त्रिक अभ्यास हुने स्पष्ट पारे । यद्यपि, एकता र सद्भावका लागि पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चयनको अपेक्षा राख्ने उनको भनाइ थियो। ‘सर्वसम्मतिले नेतृत्व चयन गर्नु सबैभन्दा लोकतान्त्रिक विधि हो,’ उनले भने ।

पोखरेलले पार्टी नेतृत्वले जनसंगठनको निर्वाचनमा खेलाडीको भूमिका नखेल्ने तर रेफ्रीको भूमिका भने खेल्ने बताए । नेतृत्व चयन सहभागीको विषय भएको र पार्टी नेतृत्वले सहजीकरण मात्र गर्ने उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै