ट्रेन्डिङ

उच्च अदालत वीरगन्जको आदेशपछि पूर्वमन्त्री अफताब आलम जेलमुक्त

वीरगन्ज । बम विस्फोट र त्यसपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय सुनाइएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम आज जेलमुक्त भएका छन्।

उच्च अदालत वीरगन्जले जिल्ला अदालतको आदेश उल्ट्याइदिएपछि उनी नख्खु कारागारबाट रिहा भएका हुन्।
जिउँदै इँटाभट्टामा मान्छे जलाएको आरोपमा आलममाथि मुद्दा चलाइएको थियो। जिल्ला अदालत रौतहटले उनलाई उक्त आरोपमा जन्मकैदको फैसला सुनाएको थियो।

तर, उच्च अदालत वीरगन्जले आज (बुधबार) उनलाई सफाई दिने आदेश जारी गरेपछि आलमको रिहाइ सम्भव भएको हो।
उच्च अदालतको यो निर्णयसँगै लामो समयदेखि चर्चामा रहेको यो मुद्दाले नयाँ मोड लिएको छ। आलमको रिहाइलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै