ट्रेन्डिङ

जेठ २१ गतेका लागि मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान

जनकपुरधाम । मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आगामी जेठ २१ गते बुधबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ।

यो अधिवेशन आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटसहित विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल गर्ने अपेक्षा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन् ।

जेठ ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकको निर्णयका आधारमा प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यो अधिवेशन आह्वान गरिएको हो। प्रदेश प्रमुखबाट प्रदेश सरकारको जेठ ११ गतेको बैठकबाट प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ २१ गते बुधबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरिएको छ ।

यो अधिवेशन मधेश प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस गर्ने महत्वपूर्ण अवसर हुनेछ। प्रदेशको विकासका प्राथमिकता, आर्थिक वृद्धि र सामाजिक न्यायका योजनाहरू यसै अधिवेशनमार्फत मूर्त रूप लिनेछन्।

आगामी आर्थिक वर्षको बजेटमाथि व्यापक छलफल हुने भएकाले सरकारको आगामी वर्षभरिको कार्यदिशा स्पष्ट हुनेछ। यस अधिवेशनले प्रदेशको भावी मार्गचित्र तय गर्न र जनसरोकारका विषयमा गहिरो बहस चलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै