ट्रेन्डिङ

कांग्रेसको निष्कर्श : भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष, अफवाहको खण्डन

वीरगन्ज । सत्तारुढ नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नतालाई पूर्ण रूपमा अस्वीकार गरेको छ। पार्टीले यस विषयमा सामाजिक सञ्जालमा फैलाइएका अफवाहका आधारमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री यस प्रकरणमा निर्दोष रहेको स्पष्ट पारे। उनले अध्यागमनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा र त्यसपछिका घटनाक्रमबारे गृहमन्त्रीले संसदभित्र र बाहिर स्पष्टीकरण दिने जानकारी गराए।

बैठकमा डा. शेखर कोइरालालगायत केही नेताहरूले विषयको गहिराइ नबुझी गृहमन्त्रीको राजीनामा मागेकोमा आलोचना भएको महतले बताए। उनले अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्तिहरू नआउनेमा जोड दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै