ट्रेन्डिङ

मेयर बालेनले सोधे महानगर प्रवक्ता मानन्धरलाई स्पष्टीकरण, विवाद चर्कँदै

वीरगन्ज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन्।

आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको मानन्धरले जानकारी दिएका छन्। मानन्धरका अनुसार, स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहविरुद्ध उनले निरन्तर उठाउँदै आएका आवाजहरू नै हुन्। ‘केही पनि विषय तोकिएको छैन। मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन,’ मानन्धरले भने।

मेयर बालेन र कार्यपालिकाबीचको दूरी पछिल्लो समय बढ्दै गएको छ। बालेनले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए। प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरू मेयर शाहको एकल निर्णय प्रक्रियाको निरन्तर विरोध गर्दै आएका छन्।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा पनि प्रवक्ता मानन्धरले महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसले बालेन र कार्यपालिकाबीचको मतभेदलाई थप उजागर गरेको थियो। यो स्पष्टीकरणले महानगरभित्रको राजनीतिक तनाव थप बढ्ने संकेत दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै