जनकपुरधाम । नेपाल मधेशी निजामति कर्मचारी मञ्च धनुषा जिल्ला कार्यसमितिको अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ ।
अधिवेशनबाट नेपाल मधेशी निजामति कर्मचारी मञ्च धनुषाको नव जिल्ला कार्यसमितिको अध्यक्षमा बेचन साह, वरिषठ उपाध्यक्षमा राजिवप्रसाद साह, उपाध्यक्षमा चन्दा साह, उपाध्यक्ष सुनिल कुमार मण्डल, सचिवमा अनिल श्रीवास्तव र कोषाध्यक्षमा चन्दा दासलाई चयन गरिएको जनाइएको छ ।
त्यस्तै सदस्यहरुमा छतर पासवान, जयकृष्ण झा, रामानन्द कसयैत, निरञ्जन यादव र रामभरोषी साह रहेका छन् ।
सो जिल्ला अधिवेशन दिपक कुमार ठाकुरको अध्यक्षता तथा मञ्चका केन्द्रीय अध्यक्ष लालबाबु यादवको उपस्थितिमा सम्पन्न भएको थियो ।