ट्रेन्डिङ

जनकपुरबाट गृहमन्त्रीको सन्देश: शान्तिसुरक्षाबिना विकास असम्भव

जनकपुरधाम ।
गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्। उनले शुक्रबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै शान्तिसुरक्षाविना मुलुकमा सुशासन, विकास, समृद्धि र आर्थिक गतिविधि असम्भव हुने बताए।

गृहमन्त्री लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकोमा जोड दिए। उनले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भन्दै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिएका छन्। उनले १० वर्षे सशस्त्र द्वन्द्वका बेला कमजोर शान्तिसुरक्षाकै कारण विकास निर्माणमा अवरोध आएको उदाहरण समेत प्रस्तुत गरे।

मन्त्री लेखकले सीमा नाकाबाट हुने चोरीपैठारीले राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर भएको र सीमा क्षेत्रमा अपराध बढेकोमा चिन्ता व्यक्त गरे। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई थप मेहनतका साथ खट्न उनले निर्देशन दिएका छन्।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले विपद् प्रतिकार्यको तयारीलाई चुस्त र पूर्ण बनाउनुपर्नेमा जोड दिए। उनले विपद् व्यवस्थापन तथा प्रतिकार्यमा सुरक्षा निकायको भूमिका अपरिहार्य रहने बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै