सर्लाही । सर्लाहीको मलंगवामा कारको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा ज्यान गएको छ।
मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा बिहीबार दिउँसो करिब ३ बजे कारको ठक्करबाट घाइते भएकी ७० वर्षीया हसिना खातुनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बीआर ६ एई ९६८८ नम्बरको भारतीय कारले मलंगवा नगरपालिका–३ निवासी खातुनलाई ठक्कर दिएको थियो।
खातुन पैदल यात्रा गरिरहेकी अवस्थामा अचानक आएको कारले ठक्कर दिँदा उनको दाहिने कुममा गम्भीर चोट लागेको थियो।
घटनापछि स्थानीयले उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि उपचारका क्रममा दिउँसो ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने कारका चालक ३० वर्षीय अमित गुप्ता, मलंगवा नगरपालिका–८ निवासी,लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली तत्काल घटनास्थलमा खटिएको थियो।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरपूर्वमा पर्ने जनाइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।