ट्रेन्डिङ

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईलगायत थप २ दिन हिरासतमा रहने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत थप २ दिन हिरासतमा बस्ने भएका छन् ।

काठमाण्डौँ जिल्ला अदालतले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै