वीरगन्ज । पर्सा प्रहरीले ठगी मुद्दामा फरार रहेका जितेन्द्र कुर्मीलाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका–१ का बासिन्दा कुर्मीलाई छपकैयाकी इन्दु देवी महिलालाई ठगेको आरोपमा प्रहरीले आज छपकैयाबाट पक्राउ गरेको हो । अदालतले २ वर्ष कैद र विगो असुल गर्ने आदेश दिएपनि फरार रहदै अाएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिजुद्ध रघुवीर प्रसाद महावीर राम मावि (त्रिजुद्ध मावि) को विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका उनी लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका उनलाई हिरासतमा राखी कानूनी प्रक्रिया अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ ।