ट्रेन्डिङ

नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश

वीरगन्ज । नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।

थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर–३ मा प्रवेश गरेको हो । हङकङसंग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा अघि सुपर–३ मा पुगेको हो ।

नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोड्यो । यस्तै हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो । नेपालले अब सुपर– ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर–२ का शीर्ष–२ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै