ट्रेन्डिङ

सप्तकोशी नदीमा बस खस्यो

सुनसरी । कोशी ब्यारेजबाट एउटा बस खसेको छ । बिहीबार बेलुका ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको हो ।

विराटनगरबाट सप्तरीतर्फ आउँदै गरेको बस साँझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । बस खसेको प्रारम्भिक जानकारी आएको बताउँदै प्रहरीले थप विवरण खुल्न बाँकी रहेको बताएको छ ।

घटनास्थलतर्फ प्रहरी जाँदै गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै