पर्सा । पर्सा प्रहरीले एकैदिन १९५ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै गरेको अवस्थाबाट उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय पाएपश्चात फरार भएका ती संख्याका प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विभिन्न मुद्दामा जरिवाना तोकिएका १९५ जना फरार प्रतिवादीहरू रहेका उनले बताए ।
पक्राउ परेकाहरुलाइ आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा दाखिला गरिएको पर्सा प्रहरीले जनायो ।