ट्रेन्डिङ

दशैँ अघि नै सडकका खाल्टाखुल्टी पुर्नेछौँ : मन्त्री दाहाल

जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैँ अगाडी सडकका सबै खाल्टाखुल्टी पुर्ने बताएका छन् । चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति नहोस् भन्ने उद्देश्यसहित दशैँ अघि नै सडकलाई खाल्टाखुल्टी रहित बनाउने बताएका हुन् ।

बिहीबार धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सङ्घीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकको खाल्टाखुल्टी एक साताभित्र पुरिसक्नेछौ ।’

पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले देशभरका करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको उल्लेख गरे । निर्माणाधीन सडकहरूको सन्दर्भमा ठेक्का पाएका निर्माण कम्पनीलाई बाटो सहज बनाउन निर्देशन दिइएको उनको भनाइ थियो । त्यसका लागि सञ्चारकर्मीहरुले समेत आ–आफ्नो क्षेत्रबाट सहयोग दिनुपर्ने उनले औल्याए ।

मन्त्री दाहालले मधेश प्रदेश समृद्ध नभएसम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै भने, ‘देशको समृद्धि मधेशसँग जोडिएको छ । मधेशमा सर्वाधिक सङ्ख्यामा जनताको बसोबास छ । यहाँको जनताको समृद्धि नै नेपालको समृद्धि जोडिएको विषय हो । त्यस कारण मधेशलाई व्यवस्थित बनाउनका लागि थुप्रै योजनाका कामहरू भइरहेको छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै