काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।
प्रधानन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश गरिएको थियो ।
प्रतिनिधि सभाको बैठकमा प्रस्तुत सबै ३७ वटा संशोधन प्रस्ताव अस्विकृत भएको थियो ।
सभामुख देवराज घिमिरेले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।
नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।