ट्रेन्डिङ

मनहरीमा ट्रक दुर्घटना, दुई जना घाइते

वीरगन्ज । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–८ ज्यामिरे चौधमाईलस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन्।

शनिबार राति करिब १ : ३० बजे सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेश प्रदेश–०३–००२ ख ३२५४ नम्बरको ईँटा लोड गरिएको ट्रक अनियन्त्रित भई सडकको बाँया किनारमा रहेको विद्युत् पोलमा ठोक्किएर पल्टिएको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सन्तोष कुवँर थारुको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

दुर्घटनामा ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ३१ वर्षीय सन्दीप लामा टाउको र घाँटीमा चोट लागी घाइते भएका छन् भने ट्रकका साहु सर्लाही बागमती गाउँपालिका–८ का ३१ वर्षीय नवीन कुमार गरङ्जा बाँया खुट्टामा चोट लागेर सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार दुबै घाइतेलाई तत्कालै उपचारका लागि मनहरी अस्पताल पठाइएको छ। ट्रक चालकको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै