ट्रेन्डिङ

पर्साको पोखरियामा मुस्लिम समुदायको दुई दिने ‘जलसा’ सुरु

वीरगन्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा दुई दिने धार्मिक सभा ‘जलसा’ सुरु भएको छ ।

आजाद मदरसा तालिमुल कुरान पोखरियाले इज्लास–ए–त्तम इस्लाह–ए–मोआशरा व दस्तारवन्दी अराकिने जलसा आयोजना गरेको छ । नगरपालिका वडा नम्बर ४ मा शुक्रबारदेखि जसला सुरु भएको हो । जलसामा नेपाल तथा भारतका प्रख्यात धार्मिक गुरु, आलिम र चतूर्वेदीहरुले सहभागिता रहने जनाइएको छ । दुई दिने जलसामा कुरान तथा चार वटै बेदको बारेमा मौलाना(वोलमा)हरुले सहभागीहरुलाई प्रवचन दिनेछन् ।

जलसाको उद्घाटन प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गमलामा पानी हालेर शुभ आरम्भ गरेका थिए । कार्यक्रमको विशिष्ट अतिथि वीरगन्ज महानगरपालिका उप प्रमुख इम्तियाज आलमले नेपाली समाज एक आपसमा सौहार्दपूवक, आपसी भाइचार र एकताबद्ध भएर बसेको बताए ।

‘हाम्रोमा कुनै भेदभाव छैन, सबै जातजाति मिलेर एकअर्काको पर्वमा हर्सोल्लासका साथ सहभागि हुन्छौं ।’, उपप्रमुख आलमले भने, ‘केहि तत्वहरुले देशमा सामाजिक तथा धार्मिक सद्भावलाई बिगाडने असफल प्रयास गरिरहेका छन् ।’

कार्यक्रममा पूर्व सांसद हरिनारायण रौनियार, नगर प्रमुख प्रधुमन प्रसाद चौहान, उपमेयर रुवि कुमारी ठाकुर, पूर्व मेयर दीपनारायण रौनियार, निजामोदिन समानी, पूर्व सांसद रामेशवर रौनियारलगायत मुस्लिम समुदायको उल्लेख्य उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै