वीरगन्ज । पर्सा जिल्ला अदालतले कानून दिवस मनाएको छ ।
शुक्रबार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि अदालतले नवनिर्मित न्यायकी देवीको मूर्ति अनावरण गरेको छ । पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश दिपक खनालले नव निर्मित न्यायकी देवीको मूर्तिको अनावरण गरेका हुन् । कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले शुभकामना संदेश व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता कमलमोहन पोख्रेल, वीरगन्ज स्कूल अफ ल का अध्यक्ष अधिवक्ता चन्द्रीका प्रसाद पटेल, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सम्पूर्ण न्यायाधीश, अदालतका कर्मचारी, कानूनका विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको छ । नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई आजको दिनमा सबैतिरवाट जोड दिने गरिन्छ ।