ट्रेन्डिङ

आइपीएल अनिश्चितकालका लागि स्थगित, पीएसएल अब युएईमा हुने

वीरगन्ज । भारत र पाकिस्तानबीच जारी तनावकोबीच भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आइपिएल २०२५ को सत्र अनिश्चितकालका लागि स्थगित गरेको छ ।

बीसीसीआईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको संवेदनशील सुरक्षा परिस्थितिमा खेल जारी राख्नु उचित नहुने ठहर गर्दै १८औं संस्करणको बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो । आइपीएल २०२५ अन्तिम चरणमा पुगेको थियो र कुल १६ खेल (फाइनलसहित) बाँकी थिए । फाइनल मे २५ तारिखमा कोलकातामा आयोजना हुने तय गरिएको थियो ।

यसअघि बिहीबार राति आइपिएलका अध्यक्ष अरुण धूमलले ‘सिजन जारी रहने’ बताएका थिए, तर शुक्रबार आकस्मिक रूपमा बोर्डले निर्णय परिवर्तन गर्दै सम्पूर्ण सत्र अनिश्चितकालका लागि रोकिएको घोषणा गरियो । धर्मशालामा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल प्रविधिगत समस्याका कारण रद्द गरिएको थियो, जुनपछि सिजनबारे अन्योलको स्थिति बनेको थियो ।

अब बीसीआईको आगामी बैठकले बाँकी खेलबारे निर्णय गर्नेछ । त्यसपछि नयाँ मिति तोकिने बताइएको छ ।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि पाकिस्तान सुपर लिग (पीएसएल)लाई युएई स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ । भारत–पाकिस्तानबीचको चर्किंदो तनावका बीच अब खेल क्षेत्रसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै