ट्रेन्डिङ

पोखरियाबाट राष्ट्रिय मुक्ति पार्टीको तीन महिने संगठन विस्तार अभियान सुरु

वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्सामा संगठन विस्तार तथा पार्टी सदस्यता वितरण अभियान सुरु गरेको छ ।

पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका वडा नम्बर जगतपुर, मननपुरबाट अभियानको उद्घाटन गरेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा सम्पन्न तीन महीने अभियान अन्तर्गत संगठन विस्तार तथा पार्टीको सदस्यता वितरण गरी कार्यक्रमको उदघाटन गरिएको छ ।

संविधान सभा सदस्य इस्लाम हवारीले तीन महिने अभियानको उद्घाटन गरेका थिए । पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानी, अनिरुद्ध प्रसाद कलवार, फहिम हवारी लगायत स्थानीय नेता कार्यकर्ताहरूको उपस्थितिमा १२६ जनालाई पार्टीको सदस्यता वितरण गरिएको छ ।

नेता समानीले नेपालमा सुरूदेखि मधेशी, थारू, जनजाति, मुस्लिम लगायत पिछडिएको क्षेत्र र समुदायसँग विभेद भइरहँदा पटक पटक संघर्ष गुर्न परिरहेको बताए । देशमा पटक पटक संघर्ष भएता पनि विभेद जारी रहेकोले अन्तिम लडाई लडनको लागि संगठनको अवश्यकता रहेको उनको भनाई छ ।

यसैगरी पोखरिया नगरपालिकामा भइरहेको संस्थागत भ्रष्टाचार, ठगी धन्दा लगायत राष्ट्रिय मुक्ति पार्टी द्वारा बुझाइएको ज्ञापन पत्रमा सुनवाई नभएकोले सशक्त आन्दोलन गर्न पार्टीका नेता कार्यकर्तालाई तयार रहन निर्देशन दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै