ट्रेन्डिङ

पर्सा प्रहरीको ‘स्ट्राटेजी’ : नाकामा कुकुरबाट जाँच, बिना कागजात तेस्रो मुलुकका नागरिक नेपाल आउन ‘ब्याण्ड’

इलिगल' प्रवेश रोक्ने अठोट

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज प्रवेश गर्नेहरुमाथि कडा निगरानी गर्न सुरु गरेको छ ।

भारत र पाकिस्तानबिचको विवाद उग्र बन्दै गएकाले नाकामा गरिने जाँचलाई थप चुस्त पारिएको हो । दुई देशबिचको द्वन्दले एकअर्का देशका नागरिकलाई देश निकाला गर्दा यहाँ हुनसक्ने ‘इलिगल’ प्रवेश रोक्ने अढोटसहित जाँच कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार भारत र पाकिस्तानको विवादलाइ मध्यनजर गर्दै नेपाल–भारतको सीमानकामा दुबै देशका सुरक्षाकर्मीहरुले व्यापक संख्यामा प्रहरी परिचालन गरेका हुन् ।

प्रहरी आतंकवादी हमलापछि दुइ छिमेकी राष्ट्र भारत र पाकिस्तानबिचको उत्पन्न विवादलाइ मध्यनजर गर्दै सुरक्षा सतर्कता थप कडा बनाइएको उनले बताए ।

पछिल्लो समय नाका भएर आवतजावत गर्ने व्यक्तिहरुसंग सोधपुछ तथा जाँचको कामलाई तिव्रता दिइएको जनाइन्छ । एसपी मिश्रले यही बुधबारदेखि जिल्लाका सबै प्रहरी यूनिटहरुलाई सीमानाकामा ‘हाइअलर्ट’ भएर बस्न तथा सतर्कता अपनाउन निर्देशन समेत दिइसकेका छन् ।

सोही निर्देशनलाई मध्यनजर गर्दै अहिले मुख्य प्रवेश नाका अर्थात् शंकराचार्य प्रवेशद्वारसँगै ग्रामिण भेगका सुरक्षाकर्मीले नाकामा हाइअलर्ट बसेर जाँचलाई तिव्र बनाएका छन् ।

नाका भएर नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्तिहरुसंग सोधपुछ तथा कागजात जाँच गर्ने काम भइरहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका व्यक्तिलाई प्रवेशका लागि कागजात अनिवार्य गरिएको छ । तेस्रो मुलुकका व्यक्तिलाई बिना कागजात प्रवेश गर्नमा रोक (ब्याण्ड) लगाइएको पर्सा प्रहरी प्रमुख मिश्र बताउँछन् ।

योसंगै नाकामा प्रहरीले आफ्नो ‘स्पेस्ल डग’ पनि परिचालन गरिरहेको छ । एक/दुइदिनको ग्यापिङ राखेर स्पेस्ल डगको सहायतामा पनि जाँच भइरहेको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।

उनी भन्छन्, ‘सीमानाका भएर लागू औषधको कारोबार पनि भइरहेको छ । त्यहि हिाबले आवश्यक ‘स्ट्राटेजी’ बनाएर सतर्कता बढाएका छौँ’ । अहिले पाकिस्तानी र बंगलादेशी नागरिक वीरगन्ज नाका भएर नेपाल आउन सक्ने अवस्थाको आंकलन गरेर जाँच कडा पारेका छौँ ।’

‘इलिगल’ व्यक्ति, हातहतियार र लागु औषधको ओसारपसार रोकथामका लागि दुइ लेयरको सुरक्षा जाँचको काम भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार इलिगल व्यक्तिको प्रवेश रोक्नुको साथै हातहतियार प्रवेश नहोस भन्ने उद्देश्यसहित पहिलो पंक्तिमा सशस्त्र प्रहरी बललाइ जाँचका खटाइएको छ ।

भारतबाट प्रवेश गर्ने व्यत्तिहरुको पहिलो जाँच सशस्त्र प्रहरीले गर्नेछ, सबै कागजात भेरिफाइ भईसकेपछि इन्ट्री परमिसन दिने उनको भनाई छ ।

त्यसपछिको दोस्रो पंक्तिमा भने नेपालले जाँच गरेर सबै ठीक लागेपछि मात्र तेस्रो मुलुकका व्यक्ति आउन पाउने निर्देशन दिइएको सिडिओ अर्यालले बताए । यही निर्देशन अनुसार पर्साका सीमानाकामा कडा जाँच भइरहेको उनले बताए ।

भारतको कश्मिर राज्यस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेका थिए । जसकारण अहिले दुइ देशमा विवाद चर्किदैँ गएको छ ।

आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबीच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेका छन् । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै