साइप्रस । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ का १९ वर्षिय बिवेक साह रहेका प्रहरीले जनाएको छ ।
प्रहरीलाई आएको ‘सूराकी’ को आधारमा प्रहरी चौकी कचनारी र प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
लुकीछिपी बस्दै गरेको अवस्थाबाट साहलाई औरही गाउँपालिका वडा नम्बर १ दरैया टोलबाट नियन्त्रणमा लिइएको डिएसपी बिरेन्द्र कुमार पासवानले जनाए ।
उनीमाथि जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।