ट्रेन्डिङ

केआईआईटीविरुद्ध कडा ‘एक्सन’ लिन माग

वीरगन्ज । भारतको ओडिसास्थित कलिंगा इन्च्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटीविरुद्ध) कडा ‘एक्सन’ लिन माग गरिएको छ ।

भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले यस्तो माग गरेको हो । एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

केआईआईटीमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटनालाई उनले अत्यन्त पीडादायी भनेका छन् । उक्त विश्वविद्यालयमा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाइएको छ ।

केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सर्लाही मलंगवा स्थायी घर भई वीरगञ्ज-१५ बस्ने प्रिसा बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यस्तो घटना पटकपटक हुँदा समेत राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेका हुन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै