सप्तरी । सप्तरी कारागारबाट फरार कैदी अझैसम्म पनि फेला पर्न सकेको छैन ।
सोमबार विहान सप्तरी कारागारबाटै एकजना कैदी हाम फालेर फरार भएका थिए । प्रहरीका अनुसार कारागारबाट रामानन्द मण्डल फरार भएका हुन । आइतबार राती करिब १ बजेसम्म कारागारमै रहेका मण्डल भने सोमबार विहानबाट बेपत्ता भएका थिए । फरार कैदी मण्डलको खोजीमा ब्यापक प्रहरी खटाइएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।
‘फरार कैदी मण्डलको खोजतलास जारी रहेको छ । मण्डल नेपाल मै रहेको अनुसन्धानले देखाएको छ । सक्दो छिटो हामी उनलाई नियन्त्रणमा लिन्छौँ ।’ एसपी खतिवडाले भने, ‘आइतबार राती १ बसेसम्म मण्डल कारागारमै थिए, तर जब चट्याङगसहित बेस्सरी पानी पर्न थाल्यो, त्यही मौका छोपी उनी फरार भएका हुन् ।’ प्रहरी प्रमुख खतिवडा भन्छन् । तर कहाँबाट कसरी भागे त्यो अझै खुल्न नसकेको उनी बताउँछन् । यद्यपी, पर्खालबाट हाम फालेर मण्डल फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खतिवडाको भनाइ छ ।
मण्डल काठमाडौंबाट चोरी मुद्दामा पुपक्र्ष भइ सप्तरी कारागार चलान भएका थिए । उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर– ११ निवासी रहेको खुलेको छ । मण्डल गएको पुस महिनामा सप्तरी कारागारमा आएको सप्तरी प्रहरीले जनाएको छ ।