काठमाण्डौं । नेपाल प्रहरीले काठमाण्डौँको तीनकुने घटनामा ‘नेपाली कांग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी कारबाहीबिना छोडिएको’ भन्ने समाचारहरुबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे बताएको हो ।
नेपाली कांग्रेसका सह-महामन्त्रीका छोरालाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपील राज बोहराले बताए ।
यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा समेत पक्राउको विषय बाहिरिएको थियो ।