ट्रेन्डिङ

म्याद थप गर्न अदालत पुगे दुर्गा प्रसाईं र रविन्द्र मिश्र

काठमाडौँ । चैत १५ गते राजावादीहरुले गरेको तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्य बिरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदैछ ।

पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । त्यसअघि उनीहरुलाई अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै