
जनकपुर । जनकपुर प्रहरीले २४ घन्टामा विभिन्न कारबाहीबाट ५० हजार भन्दा बढी राजस्व संकलन गरेको छ ।
शनिबार जिल्लामा गरेको विभिन्न कारबाहीबाट ५३ हजार जरिवाना असुल गरेको जानकारी दिएको छ । आइतबार धनुषा प्रहरीले एक विज्ञप्ति जारी गर्दै अघिल्लो दिनको कामबारे जानकारी गराएको छ । प्रहरी हिजो अर्थात् शनिबार जिल्लामा गरिएको विभिन्न कामबारे जारी गरिएको २४ घन्टे अपडेटमा भनिएको छ ।
उक्त अपडेटमा ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न ३८ वटा सवारीसाधनलाई कारबाही गरिएको लेखिएको छ । जुन कारबाहीबाट २९ हजार राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी भन्सार चोरी निकासी गरी ल्याउँदै गरेका २४ हजार मूल्य बराबरको सामान पक्राउ गरिएको प्रहरीले जारी गरेको २४ घन्टे अपडेटमा लेखिएको छ । जिल्लामा ट्राफिक नियम उल्लंघन गर्नेको संख्य बढेपछि हिजो मात्रै ट्राफिक प्रहरी कार्यालयले १३५ जनालाई ट्राफिक नियमबारे जानकारी गराएको थियो ।