ट्रेन्डिङ

सर्लाही भन्सारबाट ४१ करोड बढी राजस्व संकलन, लक्ष्यअनुसार सङ्कलन हुन नसक्दा चिन्ता

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म ४१ करोड ७४ लाख ३३ हजार ४३३ रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार प्रमुख ठाकुर आचार्यका अनुसार नौ महिनाको अवधिमा चार महिना मात्रै लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेको छ, भने पाँच महिना लक्ष्यभन्दा कम सङ्कलन भएको छ।

अहिलेसम्मको संकलन लक्ष्यको ९५.०४ प्रतिशत मात्र पुगेको बताइएको छ।

महिना अनुसारको राजस्व संकलन विवरण:
• साउन : लक्ष्यको १११.०८% (रु ४ करोड ९४ लाख ४१ हजार ५५५)
• भदौ : लक्ष्यको ४३.७१% (रु २ करोड १३ लाख ७५ हजार ६३८)
• असोज : लक्ष्यको ६७.२२% (रु २ करोड ८० लाख ५३ हजार ८४५)
• कात्तिक : लक्ष्यको ९०.९३% (रु ४ करोड १८ लाख १७ हजार ६३१)
• मङ्सिर : लक्ष्यको १२४.३१% (रु ६ करोड ७२ लाख ४९ हजार २९४)
• पुस : सबैभन्दा उच्च १२७.३७% (रु ६ करोड ७९ लाख ९ हजार ६०१)
• माघ : लक्ष्यको ११७.७५% (रु ५ करोड ९३ लाख ४६ हजार ८२८)
• फागुन : लक्ष्यको ९२.५८% (रु ४ करोड ९३ लाख २९ हजार)
• चैत : लक्ष्यको ७१.७८% (रु ३ करोड ६५ लाख ७१ हजार ५१०)

भन्सार अधिकृत डम्बरबहादुर बस्नेतका अनुसार चालु वर्षमा तरकारीको आयात गत वर्षको तुलनामा कम भएकाले राजस्व संकलनमा अपेक्षित वृद्धि हुन सकेन।

सर्लाही भन्सारमार्फत मुख्यतया प्लाइ निर्यात हुने गरेको र प्लाइ उद्योगका लागि आवश्यक कच्चा पदार्थसँगै थोरै मात्रामा धान तथा तरकारीसमेत आयात हुँदै आएको जानकारी गराइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै