
रौतहट । रौतहटको गौरमा एक पुरुष मृत भेटिएका छन ।
गौर नगरपालिका – १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
त्यस लगतै प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकको बारेमा अनुसन्धान थालिएको प्रहरी प्रमुख दिलीप घिमिरेले बताए ।
उनका अनुसार बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो, तर उनको अन्य विवरण भने खुल्न सकेको छैन ।
उनी मागेर खाने व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनको उमेर करिब ३५ रहेको प्रहरीले जनायो ।
फेला परेको बेवारिसे शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइको प्रहरीले जनाएको छ ।