ट्रेन्डिङ

भन्सार छलीका सामानसहित ३ वटा मोटरसाइकल बरामद

रौतहट । रौतहट प्रहरीले भन्सार छलीका सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जाँचको क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ थान मोटरसाइकल र ४ साइकल बरामद गरेको जनाएको छ।

प्रहरीले तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्ससहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जनाए ।

बरामद सामान सहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै