ट्रेन्डिङ

देशभर गर्मीको चपेटा, लुम्बिनीका तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा मुख्यतया स्थानीय वायु प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रभावका कारण देशका अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली देखिएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ।

यसै क्रममा गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। ती प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने सम्भावना रहेको छ।

रातिको मौसम पनि यस्तै रहने देखिएको छ।

त्यसैगरी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेषगरी लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो लहर चल्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै