ट्रेन्डिङ

प्रहरी कार्यमा बाधा पुर्‍याउँदै अभद्र व्यवहार गर्ने एक युवक पक्राउ

बारा । बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित अमरपुर टोलमा प्रहरीको नियमित कार्यमा अवरोध पुर्‍याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अमरपुर टोलमा शंकास्पद गतिविधिको सूचना पाएपछि त्यहाँ जाँच गर्न पुगेको थियो। सो क्रममा स्थानीय एक २५ वर्षीय युवकले मानसिक उत्तेजनासहित प्रहरी कार्यमा अवरोध गर्दै गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए।

प्रहरीले सार्वजनिक मर्यादा विपरीत व्यवहार गरेको र कार्यमा अवरोध गरेको भन्दै युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति सिम्रौनगढ नगरपालिका–२ निवासी भोला साह रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले आम नागरिकलाई कानुनको पालनाका साथै शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गर्दै सार्वजनिक स्थानमा अभद्र व्यवहार नगर्न सचेत गराएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै