ट्रेन्डिङ

वीरगन्जलगायत मधेश प्रदेशमा बढ्यो गर्मी

वीरगन्ज । वीरगन्ज लगायत मधेश प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ ।
वीरजन्जमा आज दिउँसो ३८ डिग्रीभन्दा बढी तापक्रम छ । जनपुरको तापक्रम पनि ३९ डिग्रीभन्दा बढी पुगेको छ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाको बुलेटिनमा वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको उल्लेख गरेको छ ।

तराई मधेशका क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने अनुमान छ । महाशाखाका अनुसार वीरगन्ज, जनकपुर, विराटनगर, नेपालगञ्जलगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । तीन दिनयता काठमाडौँ उपत्यकामा गर्मी महसुस भएको छ । काठमाडौँमा ३० देखि ३२ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ ।

गमी बढेसँगै चिकित्सकहरुले विशेष कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिएका छन् । निस्किनै परे छाताको प्रयोग गर्न, अत्याधिक पानीको सेवन गर्न, सनबल्क क्रिम, चश्माको प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै