
काठमाडौं । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई राजविराजबाट पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए ।