
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबार क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए । दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएका थिए ।
राजसंस्था पुनस्र्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित आन्दोलनमा होमिएको राप्रपाले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेको छ । प्रदर्शनकारीले ब्यारिगेटको अवरोध पन्छाउने प्रयास गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ । निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रमअनुसार राप्रपाका कार्यकर्ता सडकमा आएका हुन् । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा पक्राउ गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरे । साथै नेताहरू रिहा नहुञ्जेल लगातार विरोध प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।