ट्रेन्डिङ

पानीले बगायो विश्वकप खेल्ने नेपालको सपना

काठमाण्डौँ । प्रतिकूलताका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।

शनिबारको खेल रद्द भएपछि विश्वकपम खेल्ने नेपालको सपना रोकिएको छ  । अफगानिस्तान फाइनलमा पुगेको छ भने जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा नेपालले आफ्नो प्रतिनिधित्व गुमाएको छ ।

नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो । यो खेल रद्द भएपछि दुबै टोली अङ्क बाँडेका छन् । नेटरनरेटमा अगाडि भएको कारण सात अङ्ककसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको हो। समान सात अङ्क रहे पनि नेपाल विश्वकप प्रवेश हुनबाट बञ्चित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेल तल्लो मूलपानी क्रिकेट रंगशालामा बिहान ९ः३० बजे सुरु हुने जनाएको थियो । तर ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान भिजेकै कारण खेल खेलाउन सम्भव भएन । म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल खेलाउन पनि असम्भव रहेको बताएका थिए ।

दिउँसो २ बजेसम्म खेल हुने सम्भावना रहेपनि भिजेको आउटफिल्ड सुकाउन नसकेपछि खेलको सम्भावना टुङ्गिएको थियो ।

नेपालले यसअघि ८ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै