वीरगन्ज । बारा प्रहरीले विशेष सूचनाको आधारमा ११ किलो लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार बिहान करिब ९ बजे ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ बाट नियन्त्रणमा लिएको छ ।
अमलेखगंजस्थित छठीमाईघाट खोला छेउको कच्ची सडक हुदै ना ४१ प ६२४१ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल लुकि छिपि गईरहेको हुँदा उक्त मोटरसाइकललाई लखेटदै जाँदा प्रहरीलाई देखेर र मोटरसाइकल चालक समेत २ जना व्यक्तिहरू जंगल भित्र प्रवेश गरी फरार भएका छन् । मोटरसाइकलको नजिक रातो प्लाष्टिकमा डोरीले बाधेको दुई पोका करिब ११ केजी ५१ ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।
गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।