ट्रेन्डिङ

मधेसका तीन जिल्लामा हिजोदेखि विद्युत सेवा प्रभावित

जनकपुर । मधेस प्रदेशका तीन जिल्लाको विद्युत सेवा बुधवार विहानैदेखि प्रभावित भएको छ ।

ढल्केबर विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि बुधबार बिहानैदेखि तीन जिल्लाको विद्युत सेवा प्रभावित भएको हो ।

विद्युत् प्राधिकरणका अनुसार धनुषा, महोत्तरी र सर्लाही जिल्लमा विद्युत सेवा प्रभावित भएको हो ।

विद्युत सेवा प्रभावित हुँदा धनुषामा पूर्णरुपमा असर परेको छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा आंशिक असर परेको छ ।

लामो समयदेखि विद्युत सेवा ठप्प हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।

गर्मीको समयमा भएकाले पन्खा, एसी, कुलरसहित मोटरबाट पानी तान्न, विद्युतीय उपकरण चलाउन समस्या भएको सर्वसाधारणको गुनासो छ । ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी हुँदा सबस्टेसनका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको हो ।

तथापि, हिजोदेखि मर्मत सम्भारको कार्य भने जारी रहेको जनाइएको छ

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै