ट्रेन्डिङ

वीरगन्जको धार्मिक सद्भाव भड्काउने चार जनालाई म्याद थप, आज थप एक जना पक्राउ

वीरगन्ज । हनुमान जयन्तीको दिन निकालिएको शोभायात्राका क्रममा वीरगंजको धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राख्न जिल्ला अदालतले म्याद थप गरेको छ । बुधबार जिल्ला अदालतले उनीहरुलाई हिरासतमा राख्न ६ दिनको म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले ७ दिनको म्याद माग गरेपनि अदालतले ६ दिनको म्याद थपेको हो ।

पक्राउ परेको दुई जनालाई राज्य विरुद्धको कसुर सम्बन्धी मुद्दा र बाँकी दुई जनालाई अपराधिक उपद्रो गरेको सम्बन्धी मुद्दा लगाइएको छ । यता, पर्सा प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शकिल मियाँ रहेको प्रहरीले जनाएको छ ।

मंगलवार साँझ वीरगन्जको छपकैयाबाट ३ जना र नगवाबाट एकजनालाइ पक्राउ गरिएको थियो । प्रहरीको विशेष टोलीले शेख खुर्सेद, सलाउदिन मियाँ ठकुराई, रवि सरार्फ, बल्जित सिंहलाई मंगलबार पक्राउ गरेको थियो ।
सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै