ट्रेन्डिङ

सुनको मूल्य तोलामा २७ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधवार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

आज मात्रै सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। गत वर्ष सुनले एक लाख ८६ हजार पुगेर रेकर्ड बनाएको थियो ।

नयाँ वर्षमा केही घटे पनि आज फेरि सुन अहिलेसम्मकै सर्वाधिक पुगेको जनाइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै