ट्रेन्डिङ

वीरगन्जमा फेरि तनाव

वीरगन्ज । वीरगन्ज आज साँझदेखि फेरि तनावग्रस्त बनेको छ ।

आफ्नो समुदायका दुई जनालाई पक्राउ गरेपछि वीरगन्जमा प्रदर्शन चर्किएको हो ।

पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई आज पक्राउ गरेपछि वीरगन्ज फेरि अशान्त बनेको हो ।

आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले आज मंगलबार टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराउँदै हिँडेका थिए ।

प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले आज दुवै समुदायबाट २/२ जनालाई पक्राउ गरेको थियो ।

यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै र वीरगन्जमा कर्फ्यु लगाएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै